Posts

अनि पहाड उक्लिन्छु !

ओई कहाँ आईपुगिस् तँ ? मैले खाजा बनाउदै गर्दा दुर्गालाई फोनमा सोधे ।   म त्रिपुरेश्वर मै छु यार । आज पनि जाम छ हेर्न ।  ल ल विस्तारै आइज न । अनि साँची कोक फ्यान्टा वाइन, आज के ल्याउ भन् त ?  आज त सेलिब्रेसन गर्नुपर्छ यार..... रम खानु पर्छ रम बुझिस् । दुर्गा म भन्दा ज्यादा खुशी सुनिन्थी ।   ल ठिक छ । सि यु सुन । चाडो आइज । मैले फोन राखें ।  आज मेरो स्वतन्त्रताको पहिलो दिन। दुर्गा र म सेलिब्रेसन मोडमा थियौं ।  त्यसैले म खाजाको जोहो गर्दै थिएँ । दुर्गा आउने दिन म प्रायः मासु चिउरा तयार गर्थे । जाँगर चल्यो भने बदाम, पापड पनि फुराउथें । यति भएपछि हाम्रो मनपर्ने खाजा तयार हुन्थ्यो । आज मस्यौरा र गोलभेडाको अचार अनि फिंगर चिप्स पनि मेनुमा थपें । अनि तलको पसलमा गई ओल्ड मंक किनेर ल्याएँ । हामी अलग बस्न थाले पछि पनि दुर्गा मेरो कोठामा हप्ता दश दिनमा झुल्किन आइपुग्थी । कहिले भने महिनौं सम्म पनि आउँदिन थिई । आज त्यस्तै १७ दिन पछि आउँदै छे । ऊ आउदाँ मेरो चिसो कोठामा अनायासै न्यानो आउँछ । मित्रता अनि आफ्नोपनको न्यानो ।   ऊ महिनौसम्म सम्पर्कविहीन हुदाँ पनि कहिलेकाही फेसबुक